इटहरी : प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आजदेखि विराटनगरमा सञ्चालनमा आएको हो । अस्पतालमा आजैदेखि विरामी भर्ना शुरु गरिएको छ ।
विरामी भर्ना गर्नु अघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए ।
अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए । उनले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए ।
उनले निजी अस्पतालहरुसँग पनि छलफल भइरहेको बताए । मुख्यमन्त्री राईले मोरङ बाहेकका जिल्लामा पनि २० वेड सम्मको आइसोलेसन सेन्टर निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिइएको बताए ।














Discussion about this post