सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ ।
वैशाख १० गते राति १० बजेको समयमा स्थानीय ४६ वर्षीय शन्तुराज राई र वीरबहादुर राईबीच सामान्य घरायसी विषयमा झगडा हुँदा कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शन्तुराजले वीरबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारको लागि बाँसवारी न्यूरो अस्पताल काठमाण्डौँ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



















Discussion about this post