भोजपुर : भोजपुरको षडानन्द नगरपालिका ७ का २९ वर्षीय रुद्रबहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।
शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका ६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर उनी बेपत्ता भएका हुन् ।
बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयबासी समेतको सहयोगमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














Discussion about this post