इटहरी (डेस्क) : टिकटक बनाउने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ५ का १८ वर्षीय सुभाष परियार रहेक छन् । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथि टिकटक बनाउने क्रममा लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज विहान पौने १० बजे हर्देनी भीर माथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post