मोरङ : मोरङमा थप दश दिन निषेधाज्ञा थपिएको छ ।
जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए ।
निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि बिहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।
प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यसअघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर, अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ ।














Discussion about this post