इटहरी : इटहरीको बेदान्त हस्पिटलले कोरोना संक्रमितहरुको घर घरमै गएर स्वास्थ्य परामर्श दिन थालेको छ ।
नेपाली कांग्रेस वडा नं २ कमिटिको समन्वयमा हस्पिटलले संक्रमितको घरमै गएर औषधीसहित परामर्श दिने कार्य सुरु गरेको हो ।
प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका नेतृत्वमा डा. विपिन बस्नेत, बरिष्ठ हेल्थ असिस्टेन्ट रन्जन धिताल लगायतले कोरोना संक्रमितको घर घरमै गएर बिरामी अक्सिजन लेबल मात्र के कस्तो रहेको छ र बिरामीले कुन, कुन औषधी सहि तरिकाले प्रयोग गरेका छन् वा छैनन् भन्दै स्वास्थ सम्बन्धि सहि सल्लाह दिदै आवश्यक पर्ने औसधि थप घट गरि स्वास्थ लाभको कामना दिदैँ स्वास्थ परामर्श दिन सुरु गरेको हो ।
दोस्रो चरणमा इटहरी–२ मा रहेका संक्रमितहरुलाई हस्पिटलले परामर्श दिएको श्रेष्ठले बताए । घरमै डाक्टर गएर परामर्श दिदा कोरोना जित्न हौसला मिलेको संक्रमितहरुले बताएका थिए ।
नेपाली कांग्रेस वाड नं २ का सभापति दीपेन्द्र घिमिरे लगाएतको टोलिले संक्रमितको घरमा पुगेर औषधोपचारका निम्ति आवश्यक सहयोग गरेका छन् बिरामीको स्वास्थका लागि फलफुल समेत बितरण गरिएको छ ।
इटहरी २ का १४ घर मा ४० संक्रमित जानकारीमा आएका र उनीहरुलाइ परामर्श दिएको घिमिरेले जानकारी गराए त्यस्तै, हस्पिटलले इटहरीका सबै वडाका सम्पर्कमा आएका र मोरङको सुन्दरहरैँचाका गरि हालसम्म १५० भन्दा बढीलाई टेलिमेडिसनद्वारा निःशुल्क परामर्श गरि औषधी दिदैँ आएको छ ।














Discussion about this post