धनकुटा : रुखले किचेर धनकुटाका दुई फरक स्थानमा मंगलबार दुईजनाको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका ७ आन्द्रुङ्मा बिहान एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा स्थानीय ३४ वर्षिय पूर्णकुमार लुम्बा रहेको प्रहरीले जनाएको छ ।
ठेकी बनाउन रुख काट्नेक्रममा आफैंले काटेको रुखले किच्दा लुम्बाको घटनास्थलमा नै ज्यान गएको जनाइएको थियो ।
यस्तै, सहिदभूमी गाउँपालिका ३ छिन्ताङ्का ४२ वर्षीय नारायण कुमार राईको पनि मंगलबार रुखले किचेर मृत्यु भएको छ । चिलाउनेका रुख काटेर तान्नेक्रममा अपरान्ह ३ बजे राईको ज्यान गएको प्रहरीले जनाएको छ ।













Discussion about this post