झापा : झापामा थप एकसाता निषेधाज्ञा थपिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बिहीबार बसेको बैठकले जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
निषेधाज्ञाका क्रममा आवश्यक सेवाबाहेकका सम्पूर्ण सेवामा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।
खाद्यान्न अभाव भए स्थानीय सरकार, प्रहरी, वाणिज्य संघमध्ये कुनै एउटासँग सहकार्य गरी खरिद बिक्री गर्न पाउने निर्णय थप भएको बुझिएको छ ।














Discussion about this post