Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

परिवर्तनको संवाहक तरहराको लिबरल सोसाइटी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०७८
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
परिवर्तनको संवाहक तरहराको लिबरल सोसाइटी
474
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विहानको सात बज्दो हो । चिल्लो कार, अघिअघि । कारको पछिल्तिर केही मोटरसाइकल । एक, दुई गर्दै कारबाट पीपीई लगाएका मानिसहरु ओर्लन्छन् । गाउँ, टोलमा रहेका मानिसहरु कोही बाटामा निस्कन्छन्, कोही घरको छतबाटै हेर्छन् । ठ्याक्कै के का लागि आएका मानिसहरु हुन् ? ठम्याउन सक्दैनन्, स्थानीयबासी । त्यतिकैमा कानेखुशी गर्छन् र एकले अर्काको मुखतिर हेर्छन् ।

माथि उल्लेखित दृश्य हो – इटहरी २० तरहराको ।

यहाँ रहेको लिबरल सोसाइटीले अघिल्लो वर्षको लकडाउनदेखि नै कोरोना संक्रमितको घर, गाउँ, टोलमा गएर सेनिटाइज गर्दै आएको छ । यसैबीच दोस्रो लहरको कोरोना आइकन पनि लिवरलका जुझारु युवाहरुले संक्रमितको घर, गाउँमा गएर सेनिटाइजसहित स्वास्थ्य जनचेतना फैलाउँदै आएको लिवरल सोसाइटीका अध्यक्ष सुवेक्छु देवानले बताए ।

‘हामीले दोस्रो चरणको कोरोना आइकन मात्रै पाँचसय बढी घर तथा संक्रमितको टोलमा सेनिटाइज गर्दै आएका छौँ,’ देवानले भने, ‘हामीले पहिलो चरणमा संक्रमितलाई हेला नगरौँ, माया गरौँ भन्ने अभियानसहित सेनिटाइजको कार्यक्रम सुरुआत गरेका थियौँ ।’

उनका अनुसार अघिल्लो संक्रमणको समयमा लिबरलले ‘सरकारको भर नपरौँ, आफैँ सचेत बनौँ,’ ‘संक्रमितलाई हेला नगरौँ, माया गरौँ’ जस्ता सन्देशसहित गाउँ, सहरमा सचेतना गराएको थियो । अहिले पनि कोरोना संक्रमितलाई गाउँ, समाजमा हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले त्यसलाई चिर्नका लागि अभियान सञ्चालन गरिएको देवान बताउँछन् ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरी, प्रहरी कार्यालयदेखि सार्वजनिक स्थानसम्ममा सेनिटाइज गर्दै आएको उक्त समूहको सकारात्मक कामको अरुले पनि अहिले सिको गरेका छन् ।

‘समाज परिवर्तनका लागि युवाहरु एकजुट भयौँ भने सम्भव छ,’ उनले आफ्नो अनुभव सुनाउँदै अघि भने, ‘हामीले यहाँ सरसफाई अभियान सञ्चालन गरेर एक किसिमको सकारात्मक छाप बसेको छ, यो केवल समाज र समाजकै मानिसहरुका लागि मात्रै गरिएको निस्वार्थ अभियान हो ।’

तीन वर्ष अघि समाजमा रहेर सकारात्मक काम गर्नका लागि स्थापना भएको उक्त क्लब अहिले धेरैजसो मानिसहरुको मन मस्तिष्कमा बसेको छ । तरहरा लगायतका विभिन्न क्षेत्रमा सरसफाई अभियान, स्वास्थ्य शिविर जस्ता कार्यक्रम समेत गर्दै आएको क्लबले यसअघि गत वर्ष तरहराबाट सुरुआत गरिएको सेनिटाइज अभियान त्यसबेला नेपालमै पहिलोपटक थियो । स्थानीय जनप्रतिनिधि तथा समाजले पनि लिबरलको उक्त अभियानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

‘कुनै नयाँ काम गरौँ भन्दा हामी सबैजना एक हुन्छौँ,’ एकता मार्गका अध्यक्ष समेत रहेका सुरेश गुरुङ भन्छन्, ‘हामीले संक्रमितको घरमै गएर जडिबुटी लगायतका पौष्टिक आहारयुक्त खानेकुरा पनि दिदैँ हौसला बढाउने किसिमका काम गरेका छौँ ।’ समाज परिवर्तनका निम्ति युवाहरु एकजुट भएमा सम्भव हुने उनको तर्क छ । ‘परिवर्तनका लागि धेरै ठूलो कुरा केही पनि पर्दैन, सबै युवाहरु एकजुट भए मात्रै पुग्छ,’ उनले भने । युवाहरुले खाजा खाने खर्च कटाएर पैसा संकलन गरी सामाजिक काममा लगानी गर्ने गरेको उनले बताए ।

सेनिटाइज अभियानमा हाल हिमांशु विश्वकर्मा, विमल शाक्य, सन्तोष पुरी (सुशान्त), विजय गिरी, सुरक्षा काजी थापा, आर्यमान थापा, आकाश विश्वकर्मा लगायत सक्रिय छन् । उनीहरुले संक्रमितको घर, कोठा, गाउँ, छरछिमेकमा सेनिटाइज गर्दै आएका छन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले लिबरलले गरेको अभियान सकारात्मक रहेको उल्लेख गरे । ‘वास्तवमा लिबरल जत्तिका संस्था एकजुट हुने हो भने काम गर्नका लागि धेरै सहज हुन्छ,’ श्रेष्ठले भने, ‘एउटा कुनै नयाँ काम गरौँ भन्दा यहाँका युवाहरु म गर्छु, म गर्छु भन्दै सक्रिय भइहाल्छन्, लोभलाग्दो यो समूहले समाज परिवर्तनका लागि अग्रणी भूमिका खेलेको छ ।’

लिबरल सोसाइटीको उक्त अभियानको समाजमा आम मानिसले अनुसरण गर्नुपर्ने उनको तर्क छ ।

भिडियो

Tags: #लिबरलटाकुरा विशेषपरिवर्तनसमाजसुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.