लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयले जित हासिल गरेका छन् । आज भएको निर्वाचनमा पाण्डेयले सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित हाासिल गरेका हुुन् ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउँदा खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाए । निर्वाचनमा प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको बताइएको छ । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।
विजयी पाण्डेय हालै मात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।














Discussion about this post