Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

संक्रमितको शव अन्त्यष्टि गर्न इटहरीमा विवाद, उपमयेर बाधक बनेको आरोप

एकै ठाउँ अन्त्यष्टि गर्दा मलामीबाट संक्रमण फैलन सक्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
2.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा संक्रमितको शव अन्त्यष्टि गर्नका लागि विवाद उत्पन्न भएको छ । केही दिनयता सामाजिक सञ्जालमा व्यक्तिगत लाञ्छना लगाउने किसिमले आरोप प्रत्यारोप सुरु भएपछि विवाद उत्पन्न भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निधन भएका व्यक्तिको शव जलाउने विषयमा इटहरीमा विवाद उत्पन्न भएको बृहतर मुक्तिधाम क्षेत्र विकास समिति अन्तरगत सञ्चालित बुढीगंगा जमुना मुक्तिघाट इटहरीका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए ।

इटहरी ४ मा रहेको घाटमा शव जलाउने, नजलाउने भन्ने विषयमा इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, वडाध्यक्ष, सुरक्षा निकाय, घाट व्यवस्थापन समिति लगायत सरोकारवालाको बैठकले यकिन निक्र्यौल गर्न नसकेपछि विवाद उत्पन्न भएको हो ।

‘एकै ठाउँमा कोभिड र ननकोभिडको शव जलाउन नमिल्ने भएकाले सुन्दरहरैँचामा निर्माण हुन लागेको घाटमा कोभिडबाट मृत्यु भएकाको शव जलाउन प्रस्ताव गरेका थियौँ,’ घिमिरेले भने, ‘ननकोभिड र कोभिडको शव एकैठाउँमा जलाउँदा संक्रमण फैलनसक्ने भएकाले समस्या हुन्छ भनिएको हो, तर सामाजिक सञ्जालमा नचाहिँदो तरिकाले व्यक्तिलाई बदनाम गराउने खेल भयो ।’

यसअघि गत वर्ष जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरको समन्वयमा चारकोसेस्थित पानीपियामा शवदाह गर्ने निर्णय भएको थियो । तर, दोस्रो चरणको भेरियन्ट आइकन मुक्तिघाटमै शव अन्त्यष्टि गर्न थालिएछि विवाद उत्पन्न भएको हो ।

केही साता अघि इटहरीका मेयर द्धारिकलाल चौधरीसँग समन्वय हुँदा ननकोभिड र कोभिडको शव एकैठाउँ जलाउन नहुने र नजिकै शवदाह गर्नेगरी समन्वय भएको घिमिरेले जानकारी दिए । उनले भने, ‘केही समय अघि मेयरसाबसँग समन्वय हुँदा उहाँले पनि संक्रमण फैलनसक्ने भएकाले त्यहाँ शवदाह गर्न नहुने र नजिकै कतै व्यवस्थापन गर्न भन्नुभएको थियो ।’

जो सुकै मानिसको पनि कोभिडका कारण मृत्यु हुनसक्ने भएकाले मुक्तिघाट नजिकै अस्थायी रुपमा शव अन्त्यष्टि गर्नेगरी तयारी अघि बढाइनुपर्ने उनको तर्क छ । भने, ‘अहिले कोभिड र ननकोभिडको शव दिनमा ११ वटा सम्म आएको अवस्था छ, यस्तो समयमा एकै ठाउँ अन्त्यष्टि गर्दा मलामीबाट संक्रमण फैलन सक्ने भएकै कारण सुन्दरहरैँचामा अन्त्यष्टि गरौँ भन्ने प्रस्ताव गरिएको हो ।’

छिमेकी नगर सुन्दरहरैँचामा अन्त्यष्टि गर्न सबैजना सकारात्मक रहेपनि इटहरीकी उपमेयर लक्ष्मी गौतम बाधक बनेको उनको आरोप छ । ‘उपमेयरकै प्रोपोगाण्डाका कारण यो विवाद सृजना भएको हो, उहाँले अनावश्यक रुपमा अफवाह फैलाउनुभयो,’ उपमेयर बाधक बनेको आशय व्यक्त गर्दै उनले टाकुरासँग भने, ‘सुन्दरहरैँचामा बन्न लागेको घाटको विषयमा अदालतमा उजुरी गरेकै कारण उहाँले त्यहाँ शव जलाउन नहुँने ‘इगो’ राख्नुभएको हो ।’

उनका अनुसार सुन्दरहरैँचा नगरपालिकाले गत वर्ष नै निर्माण गर्न लागेको घाटको विषयमा अदालतमा उजुरी परेको थियो । त्यसबेला इटहरीकी उपमेयर गौतम नै बाधक बनेकी थिइन् । तर, अदालतले काम अघि बढाउन ‘स्टे अर्डर’ दिएसँगै घाटको प्रक्रिया अघि बढेको थियो ।

‘थोरै नजिकै अलग्गै शव अन्त्यष्टि गरौँ, भनेका हौँ,’ घिमिरेले भने, ‘शवबाट संक्रमण फैलन्छ भनेको होइन, भीडबाट भनेको हो, शव अन्त्यष्टि गर्नै हुँदैन भन्ने होइन, तर आवश्यक समन्वय गरेर काम गरौँ भन्ने हो ।’

स्थानीय सरकारले नेतृत्व गर्न नसकेकै कारण अहिले घाटमा विवाद भएको स्थानीयबासी बताउँछन् ।

‘यतिबेला कोभिडका कारण मरियो भने मुक्तिघाटमा जलाउँदैनन् भनेरै धेरैजसो मानिसहरु पीसीआर नै गर्न मान्दैनन्,’ स्थानीय एक व्यक्तिले भने, ‘मान्छे मरेपछि अन्त्यष्टि गर्न पाउनुपर्छ, वैकल्पिक विधि अपनाइनुपर्छ ।’ मुक्तिघाटको दक्षिणपट्टी शव जलाउन सुरु गरिएपनि स्थानीयले अवरोध गरेपछि यतिबेला इटहरीमा झनै विवाद उत्पन्न भएको उनको बुझाई छ ।

यता, इटहरीका मेयर द्धारिकलाल चौधरीले भने संक्रमितको शव अन्य ठाउँमै अन्त्यष्टि गर्नेगरी तयारी अघि बढाइएको प्रतिक्रिया दिए । ‘हामीले अन्तै अन्त्यष्टि गर्नेगरी तयारी बढाएका छौँ,’ छोटो जवाफ दिदैँ चौधरीले भने, ‘त्यो विषयमा नसोध्नु, हामी जंगलमा बनाउँदैछौँ ।’

यसैबीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले निःशुल्क शव व्यवस्थापन गर्नेगरी सुन्दरहरैँचा ५ मा पर्ने बुढीखोला किनारामै तयारी गर्नका लागि पाँचदिनको समय मागेको बताएका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#लक्ष्मी गौतमटाकुरा विशेषबुढीगंगा जमुना मुक्तिघाटहेमप्रसाद घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी
टाकुरा विशेष

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

विराटनगर । संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण...

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.