इटहरी : सुनसरी जिल्लामा जेठभर निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले जिल्लामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको हो ।
शुक्रबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई थप जेठ ३१ गते सम्म निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
निषेधाज्ञा अवधीभर खाद्यान्न तथा तरकारी पसलहरुलाई केही खुकुलो बनाउने जनअपेक्षा गरिएपनि कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । यसअघि एक साता अघि प्रशासनले २२ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।
















Discussion about this post