मोरङ : मोरङको जहदा गाउँपालिकाबाट झण्डै पाँच लाख रुपैयाँ बराबरको अवैध मदिरा प्रहरीले बरामद गरेको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जहदा गाउँपालिका–१ स्थित उत्तरदक्षिण सडकखण्डको खाली जग्गामा बेवारिसे अवस्थामा मोटरसाइकलमा लोड गरी राखिएको अन्दाजी चार लाख ९० हजार छ सय मूल्य बराबरको अवैध मदिरा बरामद भएको हो ।
अवैध मदिरासहित को ३२ प ९५२१ नम्बरका होन्डा र को २० प ८७६१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको हो ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post