धरान : गत जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीका प्रहरीमाथि आक्रमण गर्ने १० जना समूहमध्ये पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनका विषयको घटनामा प्रहरी चौकीका प्रमुख असइ सुमन दाहालमाथि आक्रमणमा संलग्न पाँचजनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्नमध्ये २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बूलाई जेठ १८ गते नै पक्राउ गरिएको हो ।
त्यस्तै, खोजी गर्ने क्रममा धनकुटामा ३० वर्षीय वसन्त राई, र ३२ वर्षीय रेगन लिम्बूले आत्मसमर्पण गरेका हुन् । उनीहरूलाई धनकुटाको छथर पोखरी–४ बञ्चरे क्षेत्रमा पुगेर लुकिछिपी बसेको अवस्थामा जनप्रतिनिधिमार्फत् प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।
प्रहरीको प्रदेश व्यूरो, सुनसरी र धनकुटाको प्रहरी टोलीले उक्त क्षेत्रमा अप्रेसन सुरु गरिएको थियो ।
उनीहरू जेठ २४ गते पक्राउ परेका हुन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ का १ अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ ।












Discussion about this post