धनकुटा : कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो ।
मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो ।
यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ ।














Discussion about this post