धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुईजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकजना इटहरीका र अर्का मोरङको सुन्दरहरैँचाका वृद्ध रहेका छन् ।
प्रतिष्ठानका अनुसार इटहरीका ६२ बर्षीय वृद्धको आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार ती वृद्धलाई जेठ १३ गते संक्रमण पुष्टि भएको थियो भने १८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यसैगरि, सुन्दरहरैँचा ६ मोरङका ७९ बर्षीय वृद्धको पनि आज बिहान ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जेठ २१ गते संक्रमण पुष्टि भएको थियो भने २२ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।














Discussion about this post