इलाम : आफ्नै श्रीमतीको हत्या गर्ने भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताक बहादुर तामाङ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन् । घटनाको जानकारी पाए लगतै प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।
घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post