इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलले अप्रेसनको सेवा सुरु गरेपछि शल्यक्रिया गर्ने बिरामीहरु बढेका छन् । हाडजोर्नी तथा सर्जरीको शल्यक्रिया गरिन थालेपछि बिरामीहरु आउन थालेका छन् ।
बरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. रोबिन श्रेष्ठ र डा. धीरज सिंह सहितको टिम र बरिष्ठ सर्जरी विशेषज्ञ डा. रबिन सिंह र डा. रबि बस्ताकोटीले अप्रेसन गर्दै आएको बेदान्त हस्पिटलका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाडजोर्नी तथा नसारोग विशेषज्ञद्धारा C-arm machine प्रबिधिबाट भाँचिएको हड्डिहरुमा स्टिल वा के–वार राखेर अप्रेसन गरिदैँ आएको छ ।
साथै, हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गडिएको, पलास्टर, मासु पलाएको, हाइड्रोसिल, हर्निया, फिस्टुला, अण्डकोशमा पानी जमेको, स्तनमा घाउ भएको, पिलो, कान चुडिएको, लिङ्गको छाला नफके्रको जस्ता समस्याको सफल अप्रेसन गरिदैँ आएको श्रेष्ठले बताए ।
यस्तै, फिजिसियन, स्त्री तथा प्रसुति, बाल तथा नवजात शिशुरोग, छाला तथा यौनरोग जस्ता समस्या २४ घण्टा नै उपलब्ध रहेको उनले बताए ।














Discussion about this post