मोरङ : मोरङमा पनि थप एक साता निषेधाज्ञा बढाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि असार १४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।
डिसिसिएमसिको बैठकले आठौंं पटक निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरको हो ।
निषेधाज्ञा अवधिभरि असारबाट शैक्षिक सत्र सुरु हुने भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन मोरङले व्यवस्था गरेको छ ।
कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

यो पनि – सुनसरीमा असार १४ गतेसम्म निषेधाज्ञा, बिहान ५ बजेदेखि १२ बजेसम्म सबै पसल खुल्ने (सूचनासहित)














Discussion about this post