धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुईजना कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना धरानकी महिला र एक जना मोरङ, केराबारीका पुरुष वृद्ध रहेका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार धरान ८ की ६० वर्षीया वद्धाको आज बिहान साढे ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो ।
उनलाई जेठ २८ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै, मोरङको केराबारी ७ का ७२ वर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराति १२ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो ।
वृद्धलाई असार ७ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।














Discussion about this post