झापा : पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।
झापा गौरादह नगरपालिका ४ मैदानघुपाका गोपाल भट्टराईको २ वर्षीय छोरा संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ६ बजे घर अगाडि पैनीमा खेल्ने क्रममा अचानक डुबेर घाइते भएका बालकको उपचारको लागि गौरादहस्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।














Discussion about this post