मोरङ : मोरङको बुढिगंगा गाउँपालिका २ टंकिसिनवारीमा अवस्थित सरस्वती खड्काको घरमा संचालनमा NIC ASIA बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो ईम्तियाज र २५ बर्षीय मो अनिष हुसेन रहेका छन् । बिहानको राती विभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले फेला पारेको थियो ।
हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।











Discussion about this post