इटहरी : इटहरी उपमहानगरपालिकामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी २ का ५६ वर्षीय पुरुष र इटहरी ४ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । इटहरी २ का पुरुषको कोसी अस्पताल विराटनगरमा आइतबार मृत्यु भएको हो । त्यस्तै, इटहरी ४ का पुरुषको इटहरी अस्पतालमा आज मृत्यु भएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।
यस्तै, पछिल्लो २४ घण्टामा इटहरी क्षेत्रमा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

इटहरी रंगशालामा स्वाब दिएका ७० जनामध्ये ४३ जना र विभिन्न ल्याबमा आफैँ स्वाब दिएकामध्ये २० जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार दोस्रो भेरियन्ट आइकन इटहरी क्षेत्रमा मात्रै ३ हजार ४२ जना संक्रमित पुगेका छन् । ती मध्ये २,१२९ जना निको भएका छन् भने ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै नागरिकस्तरबाट जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले संक्रमणदर फैलिएको अस्पताल इन्चार्ज धमलाको भनाइ छ ।













Discussion about this post