इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
यस्तै, मृतकको कुल संख्या ९ हजार ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














Discussion about this post