इटहरी : प्रदेश १ मा आज थप ३६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये झापाको मेचीनगरमा २३, बिर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बाह्रदशीमा २, हाल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।
यस्तै, सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहबी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोसी गाउँपालिका, बर्जू, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैँचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण देखिएको मन्त्रालयले जनाएको छ ।
उता, पाँचथरको फिदिममा १४, सङ्खुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १ जना रहेका छन् ।
यस्तै, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा आज ६५७ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म ५६ हजार ५१९ जना सङ्क्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ८६५ रहेको छ ।














Discussion about this post