इटहरी : नेपालमा थप २,८९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । यही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३,५९७ रहेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ९,११२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ ।
प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।














Discussion about this post