इटहरी : रोटरी क्लब अफ इटहरीद्वारा इटहरी ३ तालतलैयामा वृक्षारोपण गरेको छ । साथै विश्रामस्थल समेत हस्तान्तरण गरिएको छ ।
२ वटा विश्रामस्थल हस्तान्तरण गरिएको थियो भने धूपी लगायत विभिन्न जातका १२५ वटा बिरुवा रोपिएको रोटरीकी अध्यक्ष सविना शोभा कोइरालाले बताइन् ।
उनका अनुसार रोटरी क्लब अफ इटहरीले आफ्नो २५ औं वर्षको उपलक्ष्यमा वृृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष बालकृष्ण विष्ट प्रमुख अतिथि थिए । उनले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
संजोग पराजुलीले स्वागत मंतव्य राखेका थिए भने कार्यक्रममा इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरी, तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लिम्बू लगायतले बोलेका थिए ।














Discussion about this post