इटहरी : इटहरीमा एकैदिन दुईजना युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमणबाट इटहरी ५ मा बसोबास गर्दै आएका बराह हार्डवेयर इटहरीका सञ्चालक हिमाल राउतको मृत्यु भएको छ ।
कोरोना संक्रमित भई एक महिनादेखि मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत राउतको ४८ वर्षको उमेरमा आज मृत्यु भएको हो ।
यस्तै, इटहरी उपमहानगरपालिका ७ निवासी भेटेरिनरी प्राविधिक राम कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपाल सरकारको भेटेरिनगरी प्राविधिकका रुपमा कार्यरत कार्कीलाई कोरोना संक्रमण भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।














Discussion about this post