इटहरी : प्रदेश १ मा थप ३१२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये मोरङको सुन्दरहरैँचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१ जना छन् ।
झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बाह्रदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१ जना रहेका छन् ।
यस्तै, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहवी र इनरुवामा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । हाल प्रदेशमा सक्रिय संक्रमित ६ हजार २२८ रहेको छ ।














Discussion about this post