इलाम : इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट गएको सयुक्त प्रहरीको टोलीले हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको हो ।
हत्या के कति कारणले भएको भन्ने कुरा खुल्न सकेको छैन् । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post