इटहरी : इटहरीमा रहेको मायाघरका ४१ जनामा कोरोना संक्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना देखिएपछि जीन सिक्वेन्सिङका लागि पाँच जनाको नमूना पठाइएको छ ।
इटहरी २ मा रहेको मायाघर नेपालमा रहेका आश्रित व्यक्तिहरुमध्ये २८ जनाको कोरोना परीक्षण गर्दा थप ५ जनामा सक्रमण देखिएको हो । यसअघि ५० जनाको कोभिड परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
सवै संक्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको अस्पतालका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए । हाल सबैकोअवस्था सामान्य र सुधारोन्मुख रहेको उनले बताए ।
कलष्टरमा केस देखिएकोले प्रारम्भिक अवस्थादेखि नै इटहरी अस्पताल, उपमहानगरको स्वास्थ्य शाखा र डव्लु एच को टिमले मोनिटरिङ गरिरहेको छ ।
अनाथ, वेवारिसे र मानसिक सन्तुलन गुमाएका महिला र बालबालिकालाई मायाघरले संरक्षण दिँदै आएको छ । हाल मायाघरमा ८५ जना आश्रित छन् ।
Discussion about this post