नेपालमा गएको २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा ३,१०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टाको अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् ।














Discussion about this post