मोरङ : मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको हो ।
दिउँसो तिर अभिशेकमाथि छ सात जनाको समूहमा रहेका युवाहरुले छुरा हानेका हुन् । छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए ।
ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आक्रमणमा परेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जानकारी दिएको छ ।













Discussion about this post