झापा :झापामा कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा १०१ वर्षीय वृद्ध सहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष रहेका छन् ।
मृत्यु हुनेहरुमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्ध र सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यो सगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।














Discussion about this post