झापा : झापामा खोला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरिया खोला तर्ने क्रममा लडेर पानीमा डुब्दा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post