इटहरी : इटहरीमा ३८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा १५२, बिर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१, बुढीगंगा र लेटाङमा ३–३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, कानेपोखरी र रतुवामाईमा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १, इनरुवामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रीबासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १–१, संखुवासभाको खाँदबारीमा २, इलामको सुर्योदय र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा ३६५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।














Discussion about this post