इटहरी : प्रदेश १ मा पछिल्लो एक सातामा कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३२ महिला र ४१ पुरुष छन् ।
प्रदेशमा हालसम्म ५ सय १५ महिला र १ हजार ९८ पुरुष गरी कुल १ हजार ६ सय १३ संक्रमितको मृत्यु भइसकेको छ ।
कोसी अस्पतालका डा. रोशन खड्काले अहिलेको कोरोनाको भेरिएन्ट कडा भएकाले सामान्य अवस्थाका र युवाको समेत मृत्यु भइरहेको बताए । उनले कोरोना नेगेटिभ आइसक्दा पनि अक्सिजन लेभल घट्नेजस्ता समस्या आउने गरेको जानकारी दिए ।
सामाजिक विकासमन्त्री उषाकला राईले कोरोना संक्रमितलाई उपचारको पर्याप्त व्यवस्था गरेर मृत्यु हुनबाट जोगाउने उपाय अपनाउँदै आएको प्रतिक्रिया दिइन् । उनले कोरोनाविरुद्धको खोपका लागि निरन्तर पहल गरिरहेकाले चाँडै खोपको समस्या समाधान हुने बताइन् ।














Discussion about this post