नेपालमा गएको २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १,८८५ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post