इटहरी : प्रदेश १ मा गएको २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १–१ जना संक्रमित थपिएका छन् ।
झापाको दमकमा २२, विर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५–५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १–१ जना छन् ।
यसैगरि, सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, रामधुनीमा १ जना छन् । धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमीमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा १–१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १–१ छन् भने उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सुर्योदयमा १–१, तेह्रथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने संक्रमणबाट ७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post