इटहरी : आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु हुँदैछ।
साउन २९ गतेसम्म सञ्चालन हुने अभियानमा मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने सन्देश दिइनेछ ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले सबै नागरिकमा मास्क लगाइ नागरिकको व्यवहार परिवर्तन गर्न अभियान चलाइएको मन्त्रालयले जनाएको छ।
कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताइन्।














Discussion about this post