इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १,७२२ रहेको छ ।
हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।














Discussion about this post