इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७६५ जनामा कोरोना भाइरस संक्रमणको देखिएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैँचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ छन् ।
यस्तै, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, बिर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७–७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३ छन् ।
यता, सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौबिसे र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उता, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यही अवधिमा प्रदेश १ मा ४५८ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।














Discussion about this post