इटहरी : इटहरीमा ७५ जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४९, सुन्दरहरैँचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१ जना संक्रमित थपिएका हुन् ।
यस्तै, सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशी गाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमल गाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१ जना छन् ।
यस्तै, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सूर्योदयमा १–१, धनकुटाको पाख्रीबास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १ जना छन् ।
यस्तै, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।














Discussion about this post