धरान : ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करीब तीन महिना अघि खुकुरी प्रहार गरि फरार रहेका धरानका दुई युवालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान १३ का २० वर्षीय तोरी भनिने विकेश रुम्बा तामाङ र गम्बो भनिने १९ वर्षीय समीर तामाङ रहेका छन् ।
प्रहरीका अनुसार घटना गत वैशाख २८ गते धरान १६ स्थित नौलो बस्तीमा विकेश तामाङसहितको समूहले निशान राई र आशिष श्रेष्ठलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए । घटना पछि उनीहरु फरार रहेका थिए ।
उनीहरुलाई शुक्रबार पक्राउ गरेर सुनसरी जिल्ला अदालतबाट सातदिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post