इटहरी : पछिल्लो २४ घण्टामा नेपालमा थप ४,९०४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post