इटहरी : इटहरीमा ७५ जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैँचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३, बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३–३, बाह्रदशीमा २, कमल गाउँपालिकामा १ जना रहेका छन् ।
यता, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उता, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा यही अवधिमा ४५५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post