इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २९, बिर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा ३, हल्दिबारी, बाह्रदशी र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र बराहक्षेत्रमा ३–३, दुहवी, गढी र बर्जुमा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रीवासमा २, इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सुर्योदय र स्थानीय तह नखुलेका २–२, तेह्रथुमको म्याङलुङमा ४ र फेदापमा १ जना छन् ।
उता, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमयुङमा १, उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post