मोरङ : मोरङको बेलबारी ५ कसेनी लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोरङ प्रहरीबाट खटिएको टोलीले ग्रामथान २ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
गत भदौ १२ गते भएको ग्याङ्ग फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलमा मृत्यु भएको थियो ।
प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यस अघि ६ जनालाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।














Discussion about this post