इटहरी (डेस्क) : धरानमा कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै लकडाउनको तयारी थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार प्रशासनले धरान उपमहानगरपालिका क्षेत्र लकडाउनको तयारी थालेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले लकडाउन गर्ने नगर्ने भन्नेबारे भोलि (सोमबार) बस्ने डीसीसीएमसीको बैठकले निर्णय लिने जानकारी दिए ।
उनका अनुसार संक्रमण दर बढ्दै जाँदा सर्वसाधारणबाट समेत लकडाउनको माग हुन थालेको छ ।
त्यसका साथै धरान उपमहानगरपालिका समेत निषेधाज्ञा कडाई गर्नु पर्ने पक्षमा देखिएकाले सोमबारको बैठकले लकडाउन सम्बन्धि निर्णय लिने सम्भावना रहेको ढकालले छ ।
सुनसरी प्रशासनले पछिल्लोपटक साउन ३२ गतेसम्मका लागि लकडाउन थपेको थियो । भोलिदेखि लकडाउनको अवधि सकिने भएकाले सोमबार बैठक बस्न लागेको हो ।














Discussion about this post