इटहरी : सुनसरीमा थप सातदिन निषेधाज्ञा थप गरिएको छ । डीसीसीएमसीको आज (सोमबार) बसेको बैठकले थप सात दिन निषेधाज्ञा थप गरेको हो ।
भदौ १ गते राति १२ बजेदेखि लागू हुनेगरी ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा जुनैबेला पनि कडा लकडाउन हुनसक्ने सम्भावना छ ।
‘धरान तथा इटहरी उपमहानगरपालिकाको हकमा स्थानीय तहको सिफारिस अनुसार कुनै पनि बेला आदेश जारी हुनसक्ने निर्णय गरियो,’ जिल्ला प्रशासन कार्यालय सुनसरीद्दारा जारी सूचनामा भनिएको छ, ‘विगतका निर्णय कार्यान्वयन अवस्थाको समीक्षा सन्तोषजनक पाइयो, साथै, थप सतर्कता अपनाउने निर्णय गरिएको छ ।’
धरान र इटहरीमा कोरोना संक्रमणको ग्राफ तीव्र रुपमा बढेकाले आफूहरु चिन्तित रहेको प्रशासनले जनाएको छ ।
सुनसरीका दुई ठूला सहरका रुपमा चिनिएको इटहरी र धरानमा भीडभाड तथा स्वास्थ्य सामाग्री नअपनाउदा जोखिम बढेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।















Discussion about this post